Financing Decision: Debt vs. Equity
June 17, 2018
Corporate Social Responsibility (CSR): Scenario & Implications in Nepal
July 9, 2018
Show all
Registering a business in Nepal

कुनै पनि व्यवसाय सुरु गर्नु अघि उद्यमीहरूले आफ्नो कम्पनी दर्ता गर्न पर्ने हुन्छ। उद्यमीहरूले आफ्नो व्यवसायको आवश्यकता र प्रकृति हेरी कुन प्रकारमा आफ्नो व्यवसाय दर्ता गर्ने निर्णय गर्नु पर्ने हुन्छ।  नेपालमा स्वामित्वको आधारमा तीन प्रकारका व्यवसायहरू छन् , ती हुन्: एकल स्वामित्व, साझेदारी व्यवसाय र कम्पनी(पब्लिक कम्पनी र प्राइभेट कम्पनी)।

यी व्यवसायहरुको दर्ता प्रक्रिया  र आवश्यक शुल्क तल विवरणहरु मा वर्णन गरिएको छ।

 

एकल स्वामित्व/ प्राइभेट फर्म

एकल स्वामित्वमा एक व्यक्तिले पुरै व्यवसायको स्वामित्व गर्दछ। अरु भन्दा सस्तो र  सजिलै  नै संचालनमा हुन सकिने यस प्रकारको व्यवसायले  छुटै कर विवरण फाइल गर्नु पर्दैन, यस प्रकृतिको फर्ममा नाफा वा घाटा प्रबर्द्धकको व्यक्तिगत कर विवरणमा नै उल्लेख गर्न सकिन्छ  ।

एकल व्यवसायमा यस्ता  विशेषताहरू छन्:

  • व्यवसायको मालिक व्यवसायको सबै ऋणको लागि उत्तरदायी हुनेछ। यदि व्यवसायले आफ्नो आपूर्तिकर्ताहरूलाई ऋण चूक्ता गर्न सकेन भने मालिक व्यक्तिगत रूपमा उत्तरदायी हुनेछ।यसलाई असिमित दायित्व भनिन्छ |
  • एकल स्वामित्वसँग वित्तपोषणको लागि सीमित विकल्पहरू मात्र हुन्छ। प्राय:जसो, यस्तो व्यवसायमा कर्जा नै चालुपुंजीको मुख्य स्रोत हुन्छ किनभने व्यवसायी सँग बेच्नलाई धितोपत्र/ शेयर सदस्यता हुँदैन। यदि अरु कसैले व्यवसायमा पुंजी जम्मा गरिदिन्छ र व्यवसायको प्रबन्धनमा मद्धत गर्छ भने त्यसलाई साझेदारी व्यवसाय भनिन्छ। तसर्थ, पुंजी धेरै नचाहिने स-साना व्यवसायीहरुको लागि एकल स्वामित्व नै उत्तम हुन्छ।

 

प्राइभेट फर्मको दर्ता

प्राइभेट फर्मको दर्ता गर्नेप्रक्रिया निम्न बमोजिम  छन्।

प्राइभेट फर्म रजिस्ट्रेसन एन २०१४ को दफा  ३ अनुसार, एकल व्यवसायले वाणिज्य सम्बन्धित व्यवसायलाई वाणिज्य मा, स-साना उद्योग सम्बन्धित व्यवसायलाई घरेलु तथा साना उद्योग मा र अरु व्यवसायलाई उद्योग मा दर्ता गर्नुपर्दछ।

यस्तो व्यवसाय दर्ता गर्न चाहने व्यवसायीले सम्बन्धित मा  तोकिएको  कानुनी ढाँचामा आवेदनसहित निर्धारित शुल्क बुझाउनु पर्छ।

सो आवेदनमा निम्न बमोजिम  विवरणहरु उल्लेख हुनु पर्दछ :

  • प्राइभेट फर्मको नाम
  • फर्मको ठेगाना
  • फर्मको उदेश्य, कार्य र फर्मको व्यवसाय प्रयोजनका लागि प्रयोग हुने  सामान वा वस्तुको विवरण
  • व्यवसायीको नाम र ठेगाना, र व्यवसायीको आमा, बुबा, हजुरआमा र हजुरबुबाको नाम

 

दर्ता शुल्क

प्राइभेट फर्मको पुंजीआधारमा  दर्ता शुल्क यस प्रकार  छन् :

अधिकृत पुंजी (रु) दर्ता शुल्क (रु)
१,००,००० सम्मको अधिकृत पुंजी ६००
१,००,००१ – ३,००,००० २,०००
३,००,००१ – ५,००,००० ४,०००
५,००,००१ – १०,००,००० ७,५००
१०,००,००१ – ५०,००,००० १०,०००
५०,००,००० भन्दा माथि १५,०००

 

नोट: दर्ता गर्दा अरु कागजातसंगै नागरिकताको प्रमाणपत्र समेत प्रस्तुत गर्नुपर्दछ ।

व्यवसायको नवीकरण:

प्राइभेट फर्मको अवधि ३ वर्ष हुन्छ र यसपछि फर्मको नवीकरण गर्नुपर्छ। नवीकरण शुल्क यस प्रकार छन्:

अधिकृत पुंजी (रु) नवीकरण शुल्क (रु)
१,००,००० सम्मको अधिकृत पुंजी ३००
१,००,००१ – ३.००,००० ५००
३,००,००१ – ५,००,००० ८००
५,००,००१ – १०००००० १,२००
१०,००,००१ – ५०००००० १,७००
५०,००,००० भन्दा माथि २,३००

 

साझेदारी फर्म  

साझेदारी फर्म भन्नाले दुई वा दुई भन्दा बढी व्यक्तिहरुले एउटै नाम राखी मुनाफा वितरण  लगाउने गरी सबै साझेदारले प्रत्येक साझेदारका लागि वा कुनै साझेदारले सबै साझेदारका लागि सबै कारोबारमा भाग लिन आपसमा कबुलियत गरी नेपाल सरकारको लगतमा दर्ता गराएको कुनै कारोवारलाई सम्झनु पर्छ ।

कुबलियत गर्ने व्यक्तिहरुलाई एक अर्काको सम्बन्धमा साझेदार भनिन्छ । साझेदारी फर्म छुट्टै कानूनी ब्यक्ति नभई साझेदारहरु को समस्टिगत रुप हो |

साझेदारी फर्मको बिशेषता

साझेदारीको सम्पत्तिको प्रयोग: साझेदारहरूले साझेदारी फर्मको उद्देश्य भन्दा बाहेक कुनै पनि उद्देश्यको लागि साझेदारी व्यवसायको सम्पत्ति प्रयोग गर्न पाउदैन ।

अतिरिक्त पुंजीको लागि कुनै बाध्यता नहुने: साझेदारीको सम्झौतामा निर्धा्रित रकम भन्दा अधिक पुंजी थप्नको लागि कुनै साझेदारलाई बाध्यता हुँदैन।

साझेदार प्रतिस्थापन नहुने: कुनै साझेदारले अरू सबै साझेदारहरूको सहमतिबिना उनीहरूको सट्टा व्यवसायमा साझेदारको रूपमा अन्य व्यक्तिलाई राख्न वा थप्न  पाउदैन ।

प्रत्येक साझेदारले व्यवसायमा भाग लिन सक्ने:सम्झौताअनुसार व्यवसायको व्यवस्थापनमा निषिद्ध गरिएको साझेदार बाहेक सबै साझेदारले व्यवसायको व्यवस्थापनमा भाग लिन पाउनेछ ।

साझेदार उत्तरदायी हुने: आफु साझेदार हुँदा व्यवसायमा भएको  सबै कार्यहरूको लागि प्रत्येक साझेदार संयुक्त रूपमा वा व्यक्तिगत रूपमा अन्य साझेदारहरूसँगै उत्तरदायी हुनेछ ।

 

साझेदारी फर्मको दर्ता

साझेदारी सम्झौता भएको ६ महिना भित्र सो साझेदारी फर्म लाई सम्बन्धित मा  गएर दर्ता गराउन पर्छ।

यस्तो व्यवसाय दर्ता गर्नको लागि निर्धा्रित कानुनी ढाँचामा आवेदनसहित  साझेदारहरू बिच को सम्झौताको एक प्रतिलिपि र तोकिएको  शुल्क सम्बन्धित मा बुझाउनु पर्छ। आवेदनमा तल उल्लेख  गरिएको विवरण  समावेश हुन पर्दछ :

  • फर्मको पुरा नाम
  • फर्मको कारोबार गर्ने मुख्य ठेगाना
  • फर्मले काम गर्न चाहेको चीज, वस्तु वा गर्न खोजेको सेवाको छोटकरीमा विवरण सहित फर्मको उद्देश्य
  • साझेदारहरुको पूरा नाम, थर र स्थायी ठेगाना
  • कुनै साझेदारको अधिकारमा बन्देज लगाएको भए सो कुरा
  • साझेदारको किसिम र प्रत्येक साझेदारले लगानी गरेको पूँजीको रकम
  • फर्मलाई प्रतिनिधित्व गर्ने साझेदार वा साझेदारहरुको नाम
  • नाफा नोक्सान वितरण गर्ने तरिका
  • नाफाको हिसाब गर्ने तरिका

 

दर्ता शुल्क

अधिकृत पुंजी (रु) दर्ता शुल्क (रु)
१,००,००० सम्मको अधिकृत पुंजी ६००
१,००,००१ – ३,००,००० २,०००
३,००,००१ – ५,००,००० ४,०००
५,००,००१ – १०,००,००० ७,५००
१०,००,००१ – ५०,००,००० १०,०००
५०,००,००० भन्दा माथि १५,०००

 

साझेदार फर्मको नविकरण

साझेदार व्यवसायले  प्रत्येक आर्थिक  वर्षको समाप्तिको ३५ दिनको अवधि भित्र नविकरण गर्न आवश्यक छ। नवीकरण शुल्क यस प्रकार छन्:

पुंजी (रु) नवीकरण शुल्क (रु)
१,००,००० सम्मको अधिकृत पुंजी १००
१,००,००१ – ३,००,००० १२५
३,००,००१ – ५,००,००० १५०
५,००,००१ – १०,००,००० २००
१०.००.००१ – ५०,००,००० २५०
५०,००,००० भन्दा माथि ३००

 

कम्पनी

कम्पनी एक व्यावसायिक संस्था हो जसको आफ्नै कानुनी व्यक्तित्व छ। कम्पनी भन्नाले “कम्पनी एन, २०६३ “ बमोजिम संस्थापित कम्पनी सम्झनु पर्छ।

कम्पनीको विशेषता

सीमित दायित्व: अरु व्यवसायको तुलनामा कम्पनीको सबैभन्दा ठुलो फाइदा भनेको यसको सिमित दायित्व हो । कम्पनी एन २०६३ को दफा ८ को अनुसार, कम्पनीको शेयरधनीको दायित्व उसको शेयरको अधिकतम मूल्यमा मात्र सीमित हुन्छ ।

शेयर हस्तान्तरण गर्न मिल्ने: कम्पनी अनुसार कम्पनीमा शेयर हस्तान्तरण गर्न मिल्दछ। कम्पनीमा शेयर हस्तान्तरण गर्न मिल्ने अवधारणाले  नै कम्पनीको सफलतामा एक महत्वपूर्ण भूमिका खेल्ने गर्दछ।

निरन्तर अस्तित्व: सदस्यहरूको मृत्यु वा सेवानिवृत्तिले कम्पनीको निरन्तर अस्तित्वमा कुनै प्रभाव पार्दैन। कम्पनीले निरन्तर अस्तित्वको लाभ लिन सक्छ, जुन साझेदारीमा सम्भव छैन ।

कानुनी परिचय: कम्पनीको आफ्नै कानुनी पहिचान हुन्छ। यसले आफ्नै अधिकारको प्रयोग  गर्न सक्छ र कानुन अनुसार आफ्नो कर्तव्य पालन गर्नु पर्दछ । कम्पनीको नाममा आएको  समस्याले शेयरधनीहरूको व्यक्तिगत  जीवनलाई बाधा पुऱ्याउँदैन।

 

 

प्राइभेट कम्पनी र पब्लिक  कम्पनी

पब्लिक कम्पनी भनेको त्यस्तो कम्पनी हो जसले आम मानिस लाई आफ्नो शेयर खरीद गर्न आमन्त्रित गरेर पैसा उठाउन सक्छ।

प्राइभेट कम्पनी  भनेको त्यस्तो कम्पनी हो जसले आम मानिसबाट पैसा उठाउन सक्दैन र जसको शेयर बजारमा आम मानिसलाई बेचिँदैन ।

 

क्र. स भिन्नताको आधार पब्लिक कम्पनी प्राइभेट कम्पनी
१.  

न्यूनतम चालु पुंजी

 

रू १,००,००,००० न्यूनतम चुक्ता  पुंजी तोकिएको छैन
२. सदस्यहरूको संख्या

 

 

कम्तिमा ७ सदस्यहरू र त्यो भन्दा बढी  जतिपनि

 

 

  १ देखि १०१ सदस्यहरु
३. शेयर वा धितोपत्र हस्तान्तरण शेयर वा धितोपत्र सजिलै हस्तान्तरण गर्न मिल्ने शेयर वा धितोपत्र तत्काल कायम रहेका शेयरधनीहरु बिच मात्र हस्तान्तरण गर्न मिल्ने
४. निर्देशकहरूको बोर्डको संख्या

 

३ देखि ११ सम्म

 

११
५. कम्पनी सचिवको उपस्थिति

 

 

अनिवार्य

 

 

वैकल्पिक

 

६. साधारण सभा

 

अनिवार्य नियमावलीमा उल्लेख भए अनुसार

 

 

कम्पनी दर्ताको लागि तिर्न पर्ने  शुल्क

पुंजी (रु) दर्ता शुल्क (रु)
१,००,००० १,०००
५,००,००० ४,५००
२५,००,००० ९,५००
१०,०००,००० १६,०००
२०,०००,००० १९,०००
३०,०००,००० २२,०००
४०,०००,००० २५,०००
५०,०००,००० २८,०००
१००,०००,००० ४३,०००
१००,०००,००० भन्दा बडी रु ३० प्रति १,००,०००

 

मुनाफा वितरण नगर्ने कम्पनी 

मुनाफा वितरण नगर्ने कम्पनीले   उदेश्य प्राप्तिको क्रममा आर्जित मुनाफा वा बचत गरेको रकमबाट लाभांश वा अन्य कुनै रकम सदस्यहरुलाई वितरण वा भुक्तानी गर्न नपाउने गरी कम्पनी ऐन २०६३ बमोजिम संस्थापित कम्पनी हो, तर यसको अर्थ कम्पनी ले मुनाफा आर्जन गर्न पाउदैन भन्ने होइन |यस प्रकृति को कम्पनी ले आर्जन गरेको मुनाफा कम्पनी कै हितमा लगाउनु पर्दछ | जसमा कम्तीमा ५ जनासम्म संस्थापक रहन मिल्छ र यस्तो कम्पनीले आफ्नो नामको पछाडि सामान्यत: कम्पनी लिमिटेड वा प्रा.लि. जस्ता शव्दहरु लेखिरहनु पर्दैन।

 

मुनाफा वितरण नगर्ने कम्पनीको  विशेषताहरु

  • कम्पनीको उद्देश्य: यस्तो कम्पनीको उदेश्य कुनै पेशा वा व्यवसायलाई विकास र प्रचार गर्न वा कुनै विशिष्ट पेशामा संलग्न व्यक्तिहरूको सामूहिक अधिकार र चासोहरूको रक्षा गर्न वा कुनै पनि व्यवसायको वैज्ञानिक, शैक्षिक, सामाजिक, बेरोजगार वा सार्वजनिक उपयोगिता को प्राप्ति वा कल्याण उद्देश्यले लाभांश वितरित नगर्ने शर्तमा हुन पर्दछ ।
  • सदस्यहरूको संख्या: अन्य प्रकारका कम्पनीहरूको जस्तै यी कम्पनीहरूसँग शेयरधनीहरू हुँदैन ।कम्पनी शुरु गर्ने व्यक्तिहरुलाई संस्थापक भनिन्छ। यस्तो कम्पनी खोल्न कम्तिमा पाँच संस्थापकहरू आवश्यक पर्दछ। त्यस पश्चात् सदस्यको संख्या जती पनि हुन सक्छ तर कम्तीमा ५ जना हुन पर्दछ । सदस्यता अर्को ब्यक्ति मा हस्तान्तरण गर्न मिल्दैन ।
  • पुंजी: यस्तो कम्पनीमा संचालन गर्न आवश्यक पुंजीको रकम तोकिएको छैन। कम्पनीले सदस्यबाट सदस्यता शुल्क उठाउन सक्छ र यसको उद्देश्यको पूर्तिको लागि आएको कुनै पनि दान, उपहार लिन सक्छ।
  • लाभांशको वितरण नगर्ने: कम्पनीले लाभांश, बोनस वा कुनै पनि अन्य रकम आफ्नो सदस्य वा कर्मचारीहरूलाई वितरित गर्दैन, र अर्जित मुनाफा कम्पनी को पुंजी बढाउन को लागि वा  कम्पनीको उद्देश्य को प्राप्ति को लागि प्रयोग गरिनेछ।
  • दर्ता शुल्क: यस्ता कम्पनीको दर्ता शुल्क रु १५,००० हो।

 

कम्पनीको दर्ता

कम्पनी दर्ता गर्न इच्छुक व्यक्तिले निम्न दस्तावेजको साथ निर्धारित  शुल्क (कम्पनीको अधिकृत पुंजीको आधारमा) सँगै तोकिएको  कानुनी ढाँचामा कम्पनीको रजिस्ट्रारको कार्यालयमा आवेदन बुझाउनु पर्छ।

  • प्रस्तावित कम्पनीको प्रबन्धपत्र
  • प्रस्तावित कम्पनीको नियमावली
  • पब्लिक कम्पनी भए कम्पनी संस्थापन गर्नु अघि संस्थापकहरुबीच कुनै सम्झौता भएको रहेछ भनी त्यस्तो सम्झौताको प्रतिलिपि
  • प्राइभेट कम्पनी भए सर्बसम्मत सम्झौता भएको रहेछ भने त्यस्तो सम्झौताको प्रतिलिपि
  • प्रचलित कानून बमोजिम कुनै खास प्रकारको व्यवसाय वा कारोबार संचालन गर्ने कम्पनी दर्ता गर्नु अघि प्रचलित कानून बमोजिम कुनै निकायको पुर्व स्वीकृति वा इजाजत लिनु पर्ने व्यवस्था गरिएको भए त्यस्तो स्वीकृति वा इजाजतपत्र
  • नेपाली नागरिक संस्थापक भएमा नागीरताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि
  • संगठित संस्था संस्थापक भएमा त्यस्तो संस्थाको दर्ता प्रमाणपत्र, कम्पनी संस्थापना गर्ने सम्बन्धी सञ्चालक समितिको निर्णय र त्यस्तो संस्थाको स्थापना सम्बन्धी प्रमुख लिखितहरु

 

नोट:  एकल शेयरधनी भएको कम्पनीको लागि नियमावली आवश्यक छैन।

आवश्यक जाँचपछी कम्पनी रजिस्ट्रार कार्यालयले १५ दिन भित्र यस्तो कम्पनी दर्ता गरेर कम्पनी दर्ता प्रमाणपत्र प्रदान गर्नेछ।

 

दर्ता पश्चातको प्रक्रिया

प्राइभेट कम्पनीको रूपमा दर्ता गरिएमा कम्पनीले पुरा गर्नपर्ने दायित्व निम्नबमोजिम छन्:

कार्यालयको स्थानको सूचना: दर्ता गरिएको नेपाली कम्पनीको कार्यालय कम्पनी ऐन अन्तर्गत नेपालभित्र  हुनपर्छ । कम्पनीको नाम  र दर्ता नम्बर स्पष्ट रूपमा देख्ने गरी कम्पनी को कार्यालय भएको स्थानमा कम्पनी को बोर्ड राख्नु पर्दछ |  कम्पनीले कम्पनी दर्ता भएको तीन महिना भित्र कम्पनीको ठेगाना विवरण कम्पनी रजिस्ट्रार कार्यालयलाई उपलब्ध गराउनु पर्छ ।

शेयरधनीको विवरण दाखिल गर्नपर्ने  :  कम्पनीले  शेयरधनीबाट  पुंजी उठाई सकेपछि  एक महिनाभित्र शेयरधनीको विवरण तयार गरी कम्पनी रेजिस्ट्रारको कार्यालय मा दाखिल गर्नपर्छ ।

निर्देशकको विवरण: कम्पनीको निर्देशकको रूपमा नियुक्त भएको ब्यक्तिको  विवरण ७ दिन भित्र दाखिल गर्नपर्छ ।

वार्षिक साधारण सभा: कम्पनी स्थापना भएको एक वर्ष भित्र शेयरधनीहरूको वार्षिक साधारण बैठक सञ्चालन गर्नुपर्छ । यदी प्राइभेट कम्पनीहरुले नियमावली र प्रबन्धपत्रमा स्पष्ट रूपमा वार्षिक साधारण सभा नगर्ने उल्लेख गरेको छ भने यस्तो सभा आवश्यक पर्दैन ।

लेखासम्बन्धी पुरा गर्नपर्ने कार्यहरु: हरेक वर्ष एक लेखापरीक्षक द्वारा कम्पनीको खाताहरू लेखापरीक्षण गर्नु पर्दछ । शेयरधनीहरुले लेखापरीक्षक नियुक्त गर्नु पर्दछ र लेखापरीक्षक नियुक्तीको १५ दिन भित्र कम्पनीले कम्पनी रजिस्ट्रारको कार्यालयमा नियुक्तिबारे सुचना पठाउन पर्छ।

दाखिल गर्नपर्ने कागजात: लेखापरीक्षण गरिएका वार्षिक खाताहरु , लेखापरीक्षण प्रतिवेदन

र कम्पनीको शेयरधनीहरूको संख्याबारेको प्रतिवेदन  आर्थिक  वर्षको अन्त्य हुनभन्दा ६ महिना अगाडि सम्ममा दाखिल गर्नपर्छ।

 

नेपालमा संचालित उद्योगहरूको प्रकार

घरेलु उद्योग

श्रममूलक , देशको परम्परा , कला र संस्कृतिसंग सम्बद्ध खास सीप वा स्थानीय कच्चा पदार्थ र साधन परिचालन गर्ने परम्परागत किसिमका उद्योगहरूलाई घरेलु उद्योग भनिन्छ । तल उल्लिखित उद्योगहरु घरेलु उद्योगअन्तर्गत पर्दछन्:

बिडी , सिगार , सुर्ती , खैनी र सुर्ती  मुख्य कच्चा पदार्थ हुने यस्तै प्रकारका अन्य वस्तु उत्पादन गर्ने उद्योग , मदिरा वा बियर उत्पादन गर्ने उद्योग बाहेक * हाते तान , खुट्टे तान , अर्ध स्वचालित तान , वार्पिङ रङ्गाइ र छपाई , सिलाई (तयारी पोशाक बाहेक) बुनाई , राडी , पाखी , ऊनी गलैंचा , पश्मिना , ऊनी पोशाक , सिकर्मी कार्य , काठका कलात्मक वस्तु उत्पादन , बाँस बेत र निगालो सम्बन्धी काम , प्राकृतिक रेशाबाट वस्तु उत्पादन , हाते कागज र त्यसबाट बनेको वस्तु , सुन , चाँदी , पित्तल , तामा , किमती तथा अर्ध किमती पत्थर लगायतका फिलीगिरी सामान , गहना , मुर्ती , भाँडा आदि बनाउने कार्य , मह , च्यूरी , अलैंची प्रशोधन , माटो , चिनियाँ माटोबाट भाँडा बनाउने कार्य , छाला काट्ने , सुकाउने ग्रामीण ट्यानिङ र छालाका वस्तु उत्पादन गर्ने कार्य , सनपाट , बावियो , चोया , सूति धागो आदिका सामान उत्पादन , हाड सिङका कलात्मक सामान उत्पादन , ढुङ्गामा कुँदी बनाइएका सामान , चित्रकला , पौवा , बाटिक , धूप, पुतली , खेलौना उद्योगहरु र दुई लाख रुपैयाँसम्म स्थिर जेथा भएका कुटीर उद्योग*

साना उद्योग

तीन करोड रुपैयाँसम्म स्थिर जेथा भएको उद्योगलाई साना उद्योग भनिन्छ ।

मझौला उद्योग

तीन करोड रुपैयाँभन्दा बढी दश करोड रुपैयासम्म स्थिर जेथा भएको उद्योगलाई मझौला उद्योग भनिन्छ।

ठूला उद्योग

दश करोड रुपैयाँभन्दा बढीको स्थिर जेथा भएको उद्योगलाई ठूला उद्योग भनिन्छ।

उद्योग दर्ता प्रक्रिया

कुनै पनि उद्योग स्थापना गर्न सम्बन्धित लाई दर्ताको लागी उद्योगको प्रकृति, वर्गीकरण, उद्योगरहने  हुने ठाउँ, उद्योगमा प्रयोग हुने मसिन, कच्चा पदार्थ,रसायन, प्याकेजिङ्ग सामान र उद्योगीको नाम खुलायी आवेदन प्रस्तुत गर्नपर्छ।

घरेलु र साना उद्योगको दर्ता घरेलु तथा साना उद्योग बिभागमा वा सो विभागअन्तर्गत कुनै जिल्ला स्तरिय कार्यालय वा सो विभागले तोकेको कुनै कार्यलायमा गर्न पर्छ । त्यसैगरी, मझौला र ठुला उद्योगको दर्ता उद्योग  वा सोले तोकेको कार्यलयम गर्नुपर्छ ।

नेपालमा विदेशी लगानी गर्न स्वीकृति नदिइने उद्योगहरू

नेपालमा लगानी गर्न चाहने कुनै पनि विदेशीले ‘विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०४९ ’ र ‘औधोगिक व्यवसाय ऐन २०७३’ अन्तर्गतको रहेर कार्य संचालन गर्नु पर्दछ | यस एनको  कार्यन्वयन उद्योगले हर्छ । विदेशी लगानीकर्ताले केही उद्योगहरू बाहेक सबै क्षेत्रमा १००% शेयरको स्वामित्व लिन पाउछ।

विदेशी लगानीको अनुमति नपाउने उद्योगहरु निम्न प्रकारका  छन्:

  • घरेलु उद्योग
  • व्यक्तिगत सेवा व्यवसाय (जस्तो कपाल काट्ने, श्रृंगार गर्ने, सिलाई (टेलरिंग), ड्राइभिङ्ग तालिम आदि व्यवसाय)
  • हातहतियार तथा खरखजाना उद्योग
  • गोलीगठ्ठा, बारुद
  • विकीरणजन्य पदार्थ (रेडियोएक्टीभ मेटेरियल्स्) सम्बन्धी उद्योग
  • घरजग्गा खरिद बिक्री व्यवसाय (निर्माण उद्योग बाहेक)
  • चलचित्र व्यवसाय (राष्ट्र भाषाको)
  • सुरक्षात्मक छपाइ (सेक्युरीटी प्रिन्टिङ्ग)
  • मुद्रा तथा सिक्का व्यवसाय
  • अन्तर्राष्ट्रिय श्रृङखलाको रूपमा तत्काल दुईभन्दा बढी मुलुकमा कारोबार गरिरहेको खुद्रा व्यवसाय (रिटेल बिजनेस)
  • बिडी (९० प्रतिशतभन्दा बढी निकासी गर्ने बाहेक)
  • आन्तरिक कुरियर सेवा
  • आणविक शक्ति (एटोमिक इनर्जी)
  • कुखुरा पालन
  • माछा पालन
  • मौरी पालन
  • एकाउन्न प्रतिशतसम्म विदेशी लगानी भएको परामर्श सेवा बाहेक अन्य परामर्श सेवा
  • व्यवसाय, व्यवस्थापन, लेखा, इन्जिनीयरिङ्ग, कानुनी जस्ता व्यवसायहरू
  • ब्युटी पार्लर
  • भाडामा खाद्यान्न कुटानी, पिसानी र पेलानी गर्ने कार्य
  • स्थानीय क्याटरिङ्ग सेवा
  • ग्रामीण पर्यटन

 

प्रवेश र अनुमोदन प्रक्रियामा अधिक जानकारिको लागी तलको  लिंकमा थिच्नुहोस्।

http://www.investnepal.gov.np/portal/index.php?p1=content&p2=9#.WiT02EqWbIU  

 

Comments are closed.